नेपालमा थप २१ जनामा कोरोना पुष्टि, १३ जना निको भए

नेपालमा थप २१ जनामा कोरोना पुष्टि, १३ जना निको भए
काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासर ३ हजार ६२८ को आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार २५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १४ जना र १ हजार ६०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३२९ जना पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २४ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा कुनैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् । त्यस्तै हाल नेपालमा १ सय २९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेका छन् ।