नेपालमा थप १३ जनामा कोरोना पुष्टि, ९ जना निको भए
काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जना र १ हजार ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४५० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १३७ पुगेको छ । हाल नेपालमा १ सय १० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।