२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

मामाले छापेको नक्कली नोट भान्जाबाट कारोबार, दुई जना पक्राउ

मामाले छापेको नक्कली नोट भान्जाबाट कारोबार, दुई जना पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

नेपाल प्रहरीले नक्कली नोट सहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका(८ धनगढीगाउँ घर भई सोही स्थानमा बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका ३ स्थित सडकमा ती किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकल यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला परेपछि वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसिन, १ थान किबोर्डसमेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com