२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

यस्तो छ इन्डियन आइडल विजेता पवनदीपको नेपाली गीत ‘घामझैँ बलेकी’

जनसेवा न्यृुज डटकम संवाददाता

इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द रहेको गीत पवनदीपले गाएको पहिलो नेपाली गीत हो ।

शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी चर्चित मोडल आष्मा बिश्वकर्माले अभिनय छ ।

सुदिप बरालको निर्देशन रहेको निकै आकर्षक भिडियो पोखराका आसपासका स्थानमा खिचिएको छ । मौसम हिमालीको कोरियोग्राफी र प्रवीण भट्टको सम्पादन रहेको भिडियो एसपी सापकोटा युट्युबले बाहिर ल्याएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com