२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पीएसभीसँग आर्सनल स्तब्ध

पीएसभीसँग आर्सनल स्तब्ध

एजेन्सी । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल युरोपा लिगमा पीएसभी एन्टहोभनसँग स्तब्ध बनेको छ । बिहीबार राति भएको खेलमा आर्सनल ०–२ गोलले पराजित भएको हो । अन्तिम १६ मा प्रवेश गर्नका लागि आर्सनललाई मात्र १ अंक आवश्यक रहेको थियो ।

तर, खेलको ५५ औँ मिनेटमा जोई भिरमनले गोलमा आर्सनल पछि पर्‍यो । ६३ औँ मिनेटमा गोलकिपर एरन राम्सडेलको गल्तीको फाइदा उठाउँदै लुक डी योङले पीएसभीको अग्रता दोब्बर बनाए । युरोपियन प्रतियोगितामा आर्सनलले यो सिजन हार बेहोरेको यो पहिलो अवसर हो ।

हारका बाबजुद आर्सनल १२ अङ्कसहित समूह ए को शीर्ष स्थानमा छ । १० अङ्कसहित पीएसभी दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com