राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको घरमा भेटियो संकास्पद वस्तु
जनसेवा न्युज डटकम संवाददाता
बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।
संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको रातोपाटीलाई बताए । उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा संकास्पद वस्तु देखिएको बताए ।