२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा आज मिति २०७९ मंसिर २३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भयो । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बिशेष प्रस्तावहरु अन्र्तगत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com