२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं–उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो ।

उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएसँगै उनी रिहा हुने भएका हुन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेको थियो । सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।

लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ।

प्रहरीले गएको असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com