२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

लिभरपुल एफए कपको चौथो चरणमा

लिभरपुल एफए कपको चौथो चरणमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको तेस्रो चरणको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई १-० ले पराजित गर्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो ।

लिभरपुललाई जित दिलाउन हार्भी एलिओटले एकमात्र निर्णायक गोल गरे । हार्भीले खेलको १३ औँ मिनेटमा गरेको गोल नै लिभरपुलको जितका लागि पर्याप्त रह्यो ।

जितपछि लिभरपुलका मुख्य प्रशिक्षक जर्गन क्लोपले सकारात्मक प्रदर्शन सहितको यस्तो जित वर्षौदेखि खोजिरहेको प्रतिक्रिया दिए । उनले लिभरपुलले जितका लागि संघर्ष गरेपनि खेल लामो समयसम्म आफ्नो नियन्त्रणमा रहेकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com