२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गृहमन्त्री र सहरी विकासमन्त्रीको रेकर्ड हेर्दा मुलुक धरापमा पर्ने देखिन्छ : चित्रबहादुर केसी

गृहमन्त्री र सहरी विकासमन्त्रीको रेकर्ड हेर्दा मुलुक धरापमा पर्ने देखिन्छ : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले सरकार र सत्तारुढ दलहरूको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको बताएका छन् । गृहमन्त्री रवि लामिछाने र सहरी विकास मन्त्री विक्रम पाण्डेको नामै लिएर उनीहरूको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने अवस्था आएको संसदमा बोल्दै केसीले यस्तो बताएका हुन् ।

नेता केसीले लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने अवस्था आएकाले शक्ति केन्द्रहरुले मुलुकमा खेल्न सक्ने अवस्था रहेको समेत जिकिर गरे ।

उनले भने, ‘आज हामीहरूले सभामुखको निर्वाचन गर्दैछौँ । यस भन्दा अघि सभामुखको निर्वाचन गरेको अनुभव पनि हामीसँग छ । यस पटक पहिलेपहिले भन्दा संसदको तस्विर असाध्य डरलाग्दो देखिएको छ । किनभने संसदमा सत्तापक्ष हुन्छ । प्रतिपक्ष हुन्छ । हामीले संसदीय प्रणाली नेपालमा पनि देख्दै आएको हौं । र, अन्त पनि देख्दै आएका छौं । यहाँ त के भयो भने हलो काट्न भनेर सात भाइ वन गएका थिए बन्चरो लिएर । हलो काट्ने रुख रहेछ । के विचार गरेछन भने यो रुखलाई ढालेर तल भयो भने काठ सबै काम लाग्दैन । त्यसो भएर २ भाइले चाही डोरी कम्मरमा बाँधेर रुख माथि तान्ने, पाँच भाईले फेद काटने । त्यसो भएपछि रुख तल जान्न । र, हलो चाही सग्लासग्ली बाँड्न पाइन्छ भनेर निर्णय गरेछन । ५ भाइ फेदमा गएर गिँड्न थालेछन । दुई भाइ त्यत्रो रुख तान्न बसेको त रुख त गड्याम्म झ¥यो तल । ५ भाई चाही गइहाले रुखसित । अनि माथि जेब्राले बाँधेर बसेका पनि के भएछ रे भने हामीले हलो काट्ने, यिनीहरु राम्राराम्रा दार रोज्न यिनीहरु पो गए भनेर ती २ भाइ पनि गएछन हेर्नुस । त्यस्तै भयो अहिले ।’

उनले थपे, ‘प्रधानमन्त्री चुनावमा देखिएको यो नाटक त्यही हलो काट्न गएका सात भाइको हबिगत मैले देखे । सरकार बन्नुभन्दा पहिले ठूलाठूला कुरा गरेका साथीहरू सरकार बनेपछिको कसकसको कस्तो, कस्तो रेकर्ड आएको छ । हेर्नुस् त, गृहमन्त्रीको के छ रेकर्ड रु सहरी विकास मन्त्रीको के छ रेकर्ड रु विभिन्न मन्त्रीहरूको हेर्नुस् त रेकर्ड के–के छन रु कसरी आई राखेको छ । त्यसो हुनाले अहिले मुलुक एउटा अप्ठ्यारो संकटमा छ । त्यो चाही सत्ताको लागि सिद्धान्तको कुरा पनि नहुने, इमानजमानको कुरा पनि नहुने, जनतासँग कबुल गरेको कुरा पनि पालना गर्न नपर्ने र विशुद्ध सत्ता र सत्ताका लागि जोसँग पनि शरण पर्ने, जोसँग पनि सामेल हुने । त्यसो हुनाले अहिलेको यो लोकतन्त्र छ, गणतन्त्र छ । यो अत्यन्त धरापमा परेको देखिएको छ । यसलाई बचाउन अत्यन्तै गाह्रो छ । यो मौका छोपेर शक्ति केन्द्रहरूले आफूले चाहेको खेल चाही नेपालमा खेल्ने छन भोलि । त्यसो हुनाले अव कुरा गरौँ भने साथीहरूको चित्त फाट्ला । अहिले जो देखियो सरकारको तस्विर । साथीहरूले यहाँ पेश गर्नु भएको छ । त्यो तस्विरले के गर्छ भने त्यही हलोको रुख तल झरेपछि हलो रोज्न गएको स्थिति मुलुकको देखिएको छ । त्यसो हुनाले आजको यो सभामुखको चुनावमा धेरै साथीहरूले धेरै कुरा गर्नु भयो । प्रजातन्त्रको दुनियाँ पाठ पढाउनु भयो । विगतका सभामुखज्यूहरुको पनि कुराहरू गर्नु भयो । पहिले भन्दा यस पालीको संसदको बनावट, संसदीय प्रक्रिया, सरकार बनेको प्रक्रिया, सरकारमा सामेल भएका साथीहरूको विगत र वर्तमानले के देखाउँछ भने हामी झनझन अप्ठ्यारो स्थितिमा गएका छौं । यो किन भइराखेको छ भन्दाखेरी हामीले राणाशासनको विरुद्धमा, पञ्चायती शासनको विरुद्धमा, राजतन्त्रका विरुद्धमा हामी लड्यौं । तर यो उपलब्धि जुन हामीले ल्यायौं । यसलाई हामीले संस्थागत गर्न सकेनौँ । हामीले अव बेकम्मा भयौँ । सर्वसाधारण जनताको अगाडि पनि यी गणतन्त्रका लागि लडेका, पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका, यी सबै नालायक भइसके ।’

उनले भने, ‘अव नयाँ नयाँ मान्छे आउनुपर्छ भनेर हल्ला भइराखेको थियो । नयाँ आउने बित्तिकै नयाँ को त देखि हालियो तस्विर । फेदमा बस्ने पनि त्यो स्थिति । रुख तान्न बस्नेको पनि त्यो स्थिति । जे भए पनि राष्ट्रिय जनमोर्चाले अहिले पनि प्रतिगमन सच्चिएको छ भन्ने मुलुकमा भन्ने पक्षमा छैन । त्यसो भएर जुन पहिलेको गठबन्धन छ । पहिलेको गठबन्धन मध्येको नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनिरहेको छ । उसलाई चाँही प्रतिपक्ष नै भएर सरकारलाई समर्थन नगरी किन बस्न सकेन ? किन सकेन भने अघि गएकाले हलो त रोज्छन सोझासोझा भनेर ऊ पनि सामेल भयो ।’

नेता केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरुलाई अपमान गर्ने अवस्था आउनु भनेको मुलुकका लागि हितकर नभएको समेत बताए । उनले नेपाली काँग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनि प्रश्न समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com