२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

काठमाडौँ । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शो पनि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुका रूपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् ।

उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको उल्लेख गरिन् । उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झै लाग्ने बताइन् ।

कार्यक्रममा अभिनेता पुष्प खड्काले यसअघिका फिल्ममा फिल्म नचलेपछि पैसा फिर्ता गर्नुभएको थियो, यो फिल्ममा के गर्नुहुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नमा सबै फिल्म नचल्दैमा पैसा फिर्ता गर्ने हो भने घरखेत बेच्नुपर्ने भन्दै ठट्टा गरे । उनले पहिलो फिल्ममा पैसा फिर्ता गरेको कारण कोरोनाको महामारी रहेको आर्थिक उपार्जन हुन नसकेकाले पैसा फिर्ता गरेको बताए ।

आजबाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरू पुष्प खड्का र वर्षा शिवाकोटीका साथै फिल्ममा पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ ।

फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com