२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

न्यूक्यासलमाथि म्यानचेष्टर सिटीको जित

न्यूक्यासलमाथि म्यानचेष्टर सिटीको जित

२० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले न्यूक्यासललाई हराएको छ र, लिग लिडर आर्सनलमाथि दबाव कायमै राखेको छ ।
शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले न्यूक्यासललाई २–० गोल अन्तरले हराएको हो ।

इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले १५औं मिनेटमा फिल फोडेनको सोलो गोलबाट अग्रता लिएको थियो । न्यूक्यासलले खेलमा फर्किने प्रयास गरेको थियो । तर सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका बर्नाडो सिल्भाले ६७ औं मिनेटमा गोल गरेपछि सिटीले ३ अंक सुनिश्चित गर्‍यो ।

जितपछि म्यानचेष्टर सिटी २६ खेलबाट ५८ अंकका साथ दोस्रो स्थानमा छ । लिग लिडर आर्सनलको ६० अंक छ र, उसले एक खेल कम खेलेको छ । न्यूक्यासल भने २४ खेलबाट ४१ अंकका साथ पाँचौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com