२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

पलेशालाई प्रचण्डको सम्मान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा गोवर्धनलाई आफ्नै निवासमा सम्मान गरेका छन् । खुमलटारस्थित निवासमा प्रचण्डले पलेशालाई बुद्ध मूर्ति उपहार दिँदै सम्मान गरे ।

प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरे ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जितले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताए । ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’ प्रचण्डले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जित हो ।’

सो क्रममा पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदकका लागि तयारी गर्ने बताएकी थिइन् ।

पलेशाले पारा ओलम्पिकमा काँस्य पदक जितेकी थिइन् । पलेशाको सफलताको खुसीमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उनलाई काठमाडौंमा नगर परिक्रमासहित सम्मान गरेको थियो ।
पलेशालाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पनि सम्मान गरेका थिए ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा भएको व्यवस्था अनुसार पलेशालाई २६ लाख नगदसहित सम्मान गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशाले पाउने २६ लाख नगदमा कर छुट दिने घोषणा गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com