२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

गठबन्धन भित्रका सबै दललाई समेटेर सरकार विस्तार गरिन्छ : उपमहासचिव यादव

गठबन्धन भित्रका सबै दललाई समेटेर सरकार विस्तार गरिन्छ : उपमहासचिव यादव

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सरकारमा गठबन्धन भित्रका सबै दललाई सहभागी गराउने तर्फ लागेको बताएका छन् ।

बिहीबार धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित कुम्हरौडामा जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक राजन मुक्तिका बुवा डा। बिएन झालाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै पूवमन्त्री समेत रहेका उपमहासचिव यादवले गठबन्धनका सबै दललाई सरकारमा सम्मानजनक रूपमा सहभागी गराउनेतर्फ प्रधानमन्त्री प्रचण्ड लागेका उल्लेख गरे । उनले केही दिनमै सरकारले पूर्णता पाउने पनि दाबी गरे ।

वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिलाई स्थिर बनाई मुलुकलाई आर्थिक समृद्धि, विकास तर्फ डोर्‍याउनका लागि अहिलेको समय निकै महत्वपूर्ण रहेकाले यस तर्फ सरकार गम्भीर हुनुपर्ने उपमहासचिव यादवको भनाइ छ ।

माओवादीले विगतदेखि नै उठाउँदै आइरहेका विभिन्न एजेण्डालाई नछाडेको स्मरण गराउँदै उपमहासचिव यादवले समावेशिता समानुपातिक, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हुँदै मुलुकलाई समाजवादसम्म डोर्‍याउनका लागि नागरिकका हरेक समस्या समाधान गर्दै अघि बढ्नुपर्ने दायित्व माओवादी सरकारको रहेको बताए ।

उनले मधेशमा अनागरिकका समस्या हल गर्नका लागि सरकारले चाँडै नै सदनबाट नागरिकता सम्बन्धी बनेको विधेयक पारित गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com