२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एमालेद्वारा भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन

काठमाडौँ‍- नेकपा एमालेले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पार्टीका सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

पार्टीको विधि र विधानविपरीत पूर्वउपाध्यक्ष समेत रहेका रावल चलेकाले सो सम्बन्धमा संवाद गरी आवश्यक निर्णय लिन संवाद टोली गठन गर्नु परेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

नेता रावलले हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरूको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com