२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ला रहने

काठमाडौं । आज पनि बैंक तथा वित्तीय संस्थाहरू पनि खुल्ला हुने भएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ला नै रहन लागेका हुन् ।

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज शनिवार बैंक तथा वित्तीय संस्थाहरु खुल्ला भएका हुन ।

जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com