२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

पत्रिकामा छापेको व्यापारीको फोटोमा ओलीले आफूलाई देखेका छन् : रामनारायण बिडारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले एक क्विन्टल सुनकाण्डमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले अहिले सुनको जालो तोड्ने कोसिस भइरहेको र केहि पक्राउ पर्नुकासाथै प्रमाणसमेत फेला परेको स्पष्ट पार्नुभयो । यस्तै आवश्यक परे उच्चस्तरीय छानबिन समिति बनाउन सक्ने उहाँको भनाइ छ । राजस्व अनुसन्धान विभाग, सीआईबी यसको अनुसन्धनमा लागिरहेको प्रस्ट हुँदाहुँदै यो प्रकरणमा एमालेले बिनाकारण संसद् अवरोध गर्नु अपराध भएको नेता बिडारीको तर्क रहेको छ ।

पहिले–पहिले केपी ओलीले नै सुन गायब पारेको आरोप लगाउँदै नेता बिडारीले त्यो बेला ओली नै प्रमुखमा हुँदा पत्ता लगाउन नसकेको एमालेले अहिले अनुसन्धान र कारबाहीमा बिनाकारण अवरोध गरेको आरोप लगाउनुभयो । सुन तस्करको मूख्य ठेकेदार एमालेलाई थाहा छ भने बताइदिनुपर्ने पनि नेता बिडारीको भनाइ छ ।

यस्तै एक पत्रिकाले एउटा व्यापारीको फोटो छापेकै कारण ओलीले अन्टसन्ट बोलिरहेको टिप्पणी समेत गर्नुभयो । नयाँ पत्रिकाले छापेको एक व्यापारीमा ओलीले आफूलाई देखिरहेको आरोप समेत नेता बिडारीले लगाउनुभयो ।

यस्तै एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने नेता बिडारीको तर्क रहेको छ । नारायणकाजी श्रेष्ठ गृहमन्त्रीमा आएपछि धेरै भ्रष्टाचारी र तस्करीको छानबिन सुरु भएकाले बरु गृहमन्त्रीको प्रशंसा गर्नुपर्ने नेता बिडारीले बताउनुभयो ।

यस्तै अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकाले अहिले अर्थमन्त्रीको पनि राजीनामा आवश्यक नरहेको नेता बिडारीको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com