२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

विश्वकप एसिया छनोट नेपालमा कात्तिक १३ बाट सुरु हुने

काठमाडौँ- टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रका छनोटका खेलहरू नेपालमा आगामी कात्तिक १३ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिता कार्तिक २३ गतेसम्म चल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणका खेलहरू आयोजना गर्ने अधिकार पहिले नै दिइएको थियो । टी-ट्वान्टी विश्वकप सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने छन् ।

नेपालमा हुने छनोटका खेलहरूबाट दुई टोलीले टी-ट्वान्टी विश्वकप खेल्ने आइसीसीले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहनेछ । अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन  पुगिसकेका छन् । बाँकी दुई राष्ट्र प्रारम्भिक छनोट पार गरेर सहभागिता गर्ने छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com