२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मेची र विराटनगर भन्सार हुँदै १४ करोड बढीको बन्दागोभी निर्यात

झापा- कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै रु १४ करोडभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९/८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । उनले पूर्वी नाका काँकरभिट्टाबाट रु सात करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको जानकारी दिए ।

विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा रु छ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उहाँको भनाइ छ । कोशीका धनकुट्टा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ ।

अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट रु १७ करोड बढीको बन्दागोभी निर्यात भएको थियो । जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्याङ्कले देखाउँछ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com