२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन

मस्को- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरराष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा रुसी राष्ट्रपतिले अन्तरराष्ट्रिय जगत्मा प्रभाव र प्रतिष्ठा कमाएको भारतले विश्व मामिलामा पनि महत्वपूर्ण  भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरेका छन् ।

“भारतले आर्थिक, वैज्ञानिक, प्राविधिक, सामाजिक र अन्य क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता एवम् सफलता हासिल गरेको छ, विश्व मञ्चमा सम्मान प्राप्त भारतले साझा चासोका वैश्विक मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नसक्छ” नयाँदिल्लीसँगको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउँदै राष्ट्रपति पुटिनले सन्देशमा भनेका छन् ।

रुस र भारतको  संयुक्त प्रयासबाट सबै क्षेत्रमा फलदायी द्विपक्षीय सहयोग विस्तारका साथै क्षेत्रीय एवं विश्वव्यापी मुद्दाहरू समाधान गर्न रचनात्मक साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताउँदै रुसी राष्ट्रपतिले मित्र राष्ट्रहरूको हित प्रवद्र्धनमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई ज्ञापन गर्दै नयाँदिल्ली पेरिसको ‘विश्वसनीय मित्र’ भएको बताएका छन् । उनले गत महिना भएको प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणको स्मरण गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध अझ घनीभूत हुने विश्वास व्यक्त गरेका छन् । (एएनआई)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com