२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको शो हेरेर आफु प्रफुल्लित भएको बताएका छन् ।

हिजो साँझ काठमाडौंमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफुले सोचे झै भएको बताएका हुन् ।

‘कहिलेकाहीं यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’

सो कार्यक्रमा ओलीसहित पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि आज बिहान ओलीले लेखेका छन, ‘मदनकृष्णको मुडसँगै महत्वपूर्ण भेटघाटको पनि अवसर जुर्‍यो, शुभ बिहानी ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com