२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बसन्तपुर क्षेत्रमा मनाइयो योमरी पूर्णिमा

काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । बिहीबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे ।

उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ ।

यःमरी पुन्हीका दिन गृहणीहरुले चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा आदि राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गर्दछन् ।

आजको दिन धान, गणेश, कूलदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा आदि परिकार बनाएर चढाउने परम्परा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com