२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बच्चाको कानको मुन्द्रा र खुत्रुकेको पैसा चोरेको आरोपमा पक्राउ

पोखरा । पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ छिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँ चोरी गरेकी थिइन् । चोरी पश्चात उनी फरार थिइन् ।

डीएसपी विकले श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार बालबालिका तथा महिलालाई ललाइफकाइ ठगेको आरोपमा उनले यसअघि पटके कारबाही भोगिसकेकी छिन् । उनले यसअघि पनि पटकपटक गरेर १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ९ महिना कैद सजाय र २८ हजार जरिवाना तिरेर रिहा भएपछि पुनः सोही काममै फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

‘अहिले पनि जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’ डीएसपी विकले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com