२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

साउदको सुझाव: संविधान संशोधनका लागि प्रतिपक्षसँग संवाद गरौँ

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको पहल गर्न सरकारलाई सुझाव दिएका छन् । सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच संविधान संशोधनको सवालमा समान धारणा आइरहेकाले सरकारले यसमा राष्ट्रिय सहमति जुटाउनका लागि तत्काल पहल गर्नुपर्ने बताएका हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस र एमालेबिच संविधान संशोधन गर्नेलगायतका सात बुँदे सहमति भएको स्मरण गराउँदै त्यसमा सरकारले पार्टीहरूबिचमा र प्रतिपक्षसँग पनि राष्ट्रिय सहमतिका लागि बहस चलाउनुपर्ने बताए । उनले समावेशीकरणको मुद्दालाई तलमाथि गर्ने पक्षमा सरकार र सत्तारुढ दलहरू नरहेको पनि बताए ।

सांसद साउदले भन्नुभयो, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–कि संविधान संशोधनको सन्दर्भमा महत्त्वपूर्ण पहलकदमीहरू अगाडि बढ्न सकेका छैनन् । यो बिचमा संविधान बनिसकेपछि २०७२ को संविधान ल्याइसकेपछि पटक पटक केन्द्रमा अस्थिरता आएको छ । सरकारहरू परिवर्तन भएका छन् । र यो शृङ्खला संघीय सरकारमा मात्रै होइन कि प्रदेशमा पनि त्यही रूपमा बिस्तार हुँदै गएको हाम्रो अनुभव छ । पटक पटक हाम्रो मुद्दाहरू अदालतमा जाने गर्दछन् । र अदालतमा गइसकेपछि फरकफरक निर्णयहरू भएको हामीले देखेका छौँ । यस्तो अवस्थामा संविधान संशोधनका लागि मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने, त्यसका लागि शासकीय स्वरूपमा कुन कुन एजेन्डामा हामीले परिवर्तन गर्नुपर्ने हो, त्यसका लागि एकै पार्टी भित्र मात्रै होइन, पार्टीभित्र पनि, पार्टीहरू बिचमा पनि र सरकार र प्रतिपक्षको बिचमा पनि राष्ट्रिय सहमतिका लागि कोसिस गर्नुपर्ने, पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । संघीयता मुलुकमा आइसकेको छ । संविधानले पनि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा केही महत्त्वपूर्ण अधिकारहरू प्रदेशलाई दिएको छ । प्रदेशलाई दिएका ती अधिकारहरूलाई कसरी हामी समयमा कार्यान्वयन गर्न सक्छौ ? र प्रदेशका प्रभावकारितालाई पनि कसरी बढाउन सक्दछौँ ? भन्नेतिर अहिले पनि केन्द्रित हुनुपर्ने आवश्यकता छ । प्रतिपक्षले लगातार भनिराखेको छ–र सत्तापक्षको तर्फबाट पनि यो कुरामा समान प्रतिबद्धता व्यक्त गर्दै आएका छौँ कि यो संविधानमा हामीले यसको समावेशीकरणको चरित्र हामीले महिला, दलित, जनजाति, मधेसीलाई यो बिचमा समावेशीकरणको प्रक्रियाबाट नेतृत्वमा ल्याएका छौँ । राज्यको विभिन्न निकायहरूका पहुँच दिने काम गरेका छौँ । यो निर्णयलाई कमजोर हुन नदिने गरी यो काम गर्नुपर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com