२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व डीआईजी जोशीलाई कास्की पुर्‍याइयो

काठमाडौँ — सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ ।

आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्‍याएको हो । कास्की प्रहरीका एक अधिकारीका अनुसार जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com