२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

म्युजिक खबर अवार्डको १२ औँ संस्करण सुरु

काठमाडौँ । म्युजिक खबर म्युजिक अवार्डको १२ औँ संस्करण सुरु भएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो ।

विसं २०६९ सालबाट निरन्तर रूपमा आयोजना हुँदै आएको अवार्डको १२ औँ संस्करणका लागि स्रष्टा कलाकारहरूलाई आफ्नो सिर्जना सहभागी गराउन सक्नेछन् ।

अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीत गरेर विभिन्न ३८ विधामा अवार्ड बाँडिनेछ ।

‘स्तरीय एवं मौलिक सङ्गीतको धार–नेपाली गीत सङ्गीतकार आधार’ भन्ने मूल नारा लिएर आयोजना गरिँदै आइएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको हो । म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डमा म्युजिक खबर फाउन्डेसनले सहकार्य गर्दै आएको छ ।

गीतसङ्गीत क्षेत्रमा क्रियाशील गायक गायिका, सङ्गीतकार, गीतकार, निर्देशक, मोडल, छायाकार, सम्पादकहरूको लागि प्रोत्साहन र सम्मानको महोत्सवका रूपमा लिइँदै आइएको यस अवार्डमा अग्रजदेखि अनुजसम्मका स्रष्टा कलाकार सहभागी हुँदै आएका छन् ।

म्युजिक खबरले कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सङ्गीत सम्मान, दशक सङ्गीत सम्मान, युवा प्रतिभा प्रोत्साहन सम्मान, सङ्गीत पत्रकारिता सम्मान, डायस्पोरा सङ्गीत सम्मान र बाल प्रतिभा सङ्गीत सम्मान समेत प्रदान गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com